बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १३:३५:२६
२१ असार, गुलरिया बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा स्थानीयलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो । यसले खर्च र बाटोमै ज्यान गुमाउनुपर्ने जाखिम पनि थियो ।
अस्पताल विकास समितिका अध्यक्ष तीर्थराज पौडेलले सर्पदंश उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको बताए ।
“सर्पदंशको उपचार नहुँदा यस क्षेत्रका नागरिकले निकै कठिनाइ भोग्दै आएका थिए । समयमै उपचार नहुँदा ज्यान जाने जोखिम त थियो नै, नेपालगञ्ज जानुपर्ने भएकाले आर्थिक भार पनि उत्तिकै थियो । त्यही समस्या समाधान गर्ने उद्देश्यले सेवा सुरू गरेका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
'नेपाल हेल्थ कन्क्लेभ २०२४' आजदेखि काठमाडौंमा सुरु हुँदै
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार