आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १४:२१:२९
२१ असार, बैतडी । केही दिनदेखि भइरहेको वर्षासँगै यहाँका किसानलाई रोपाइँको चटारो छ । आकासे पानीमा निर्भर यहाँका किसान वर्षासँगै रोपाइँमा व्यस्त छन् ।
दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको अभावमा आकासे पानीको भर पर्ने यहाँका किसान धमाधम रोपाइँ गर्न लागेको बताए । उनले भने, “सिँचाइ सुविधा नभएर आकासे पानीको भरमा थियौँ, वर्षा भएसँगै रोपाइँको चटारो परेको छ ।”
जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले वर्षा भएसँगै धमाधम रोपाइँ भइरहेको बताए। जिल्लामा हालसम्म ७० प्रतिशत रोपाइँ सम्पन्न भएको पनि उनले जानकारी दिए । “सिँचाइ सुविधा भएका ठाउँमा यसअघि नै रोपाइँ सम्पन्न भइसकेको छ । आकासे पानीको भरमा रहेका किसान हाल रोपाइँमा व्यस्त छन्”, कार्यालय प्रमुख चौधरीले भने ।
समयमा वर्षा नहुँदा यस वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएकामा यस वर्ष ७० प्रतिशतमात्रै भएको केन्द्रले जनाएको छ ।
जिल्लाको पाटन नगरपालिका क्षेत्रका पाटनसेरा, डिलाशैनीको गोकुलेश्वर, सिगासको ढुङ्गाड, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएका क्षेत्र र सुर्नयाको सुर्नया नदीसँग जोडिएका क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा लिने गरिएको छ ।
बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमिन घट्दै गएको छ । पछिल्लो कृषि गणनानुसार यहाँ पाँच हजार दुई सय २५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ । यसअघि नौ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार