एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १५:१०:३३
२१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत भएको घोषणा गरेको छ । अब १८ जना पदाधिकारी चयन गर्न बाँकी छ । केन्द्रीय समितिको बैठक भोलि केन्द्रीय कार्यालय आलोकनगरमा बसेर यसबारे निर्णय गर्ने छ ।
उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । बाँकी केन्द्रीय सदस्य बढीमा १० दिनभित्र टुंगो लगाइनेछ । यसै बीच महाधिवेशनमा उपस्थित नभएका प्रेम आलेलाई भने केन्द्रीय कमिटीबाट हटाइएको छ । महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले परेका छैनन् ।
डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा सहभागी नभएकाले उनलाई केन्द्रीय सदस्यमा नल्याइएको हो । यसअघि आले पोलिटब्युरो सदस्य थिए । नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार