सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १७:०:६
२१ असार, काठमाडौं । प्रतिनिधि सभाबाट गठन भएको विशेष संसदीय छानबिन समितिले सहकारीमा आफ्नो बचत दुरुपयोग ठगी भएको भन्दै हालसम्म ५५ हजार ४१० जना पीडितले उजुरी दर्ता गरेको बताएको छ । शुक्रबार गृहसहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेपछि समितिले यो जानकारी गराएको हो ।
उजुरीमा पीडितहरूले ११ अर्ब ६६ करोड ४७ लाख रकम फिर्ता हुनुपर्ने माग गरेका छन् । समितिले सहकारीको बचत ठगी र परेका उजुरीका सम्बन्धमा आज गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङलगायतका अधिकारीसँग छलफल गरेको थियो ।
समितिका संयोजक सूर्य थापाले सहकारीसँग सम्बन्धित रहेर पाँच हजार ३०० उजुरी दर्ता भएको जानकारी समितिमा आएको बताए । तीमध्ये ९८ उजुरीमा प्रशासनले मुद्दा अघि बढाएको छ । अपराध अनुसन्धान विभाग र सीआईबी दुवैले आफ्नो काम अन्तर्गत अनुसन्धान गरेको भन्दै थापाले कार्यादेशमा अधिकारप्राप्त २९ वटा सहकारी केन्द्रित छलफल भएको बताए ।
उजुरीहरूको अवस्था हेर्दा सबैभन्दा बढी काठमाडौंमा ४० सहकारीबाट पाँच हजार ६४८ जना ठगिएको, ठगीमा संलग्नमध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको गृह प्रशासनले छलफलमा जानकारी गराएको थियो । यसअघि समितिले सहकारीका माथिल्ला निकायसँग छलफल गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
थुनछेक बहस नसकिएका कारण रवि लामिछाने केही दिन प्रहरी हिरासतमा रहने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार