महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १७:४६:५४
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महिला र दलितको कोटा सुरक्षित गरेर संविधानबाट समानुपातिक प्रणाली हटाउनुपर्ने बताएका छन् । उनले संविधान संशोधन गर्दा समानुपातिक प्रणाली हटाउनुपर्ने र त्यो हटाउँदा संविधानको मर्मलाई मर्न दिनु नहुनेमा जोड दिएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइनसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने बताए ।
समावेशी समानुपातिक मर्म मर्न नदिन महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर प्रतिस्पर्धा गराउनुपर्ने बताए । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ । साथीहरुसँग कुरा गर्दा यो कुरा सकारात्मकरुपले अघि बढेको छ, उनले भने ।
उनले यो समीकरणप्रति अहिले नै खुसी हुनसक्ने अवस्था नभएको बताए । कोइरालाले भने, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा जान्छ । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा जाने हो । यहाँसम्म पुग्नु हुँदैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार