बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार २०:२३:२२
२१ असार, बागलुङ । कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले मुहार फेरेको छ । दुई वर्षको अन्तरालमा खनियाबासको उक्त बाँझो जग्गामा अहिले राताम्मे ‘ड्रागन फ्रुट’ फलेका छन् । बागलुङ नगरपालिका–१ रामरेखाका बिमलेश आचार्यले बाँझो जग्गा सदुपयोगका लागि लगाउनु ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्न थालेका छन् । दोस्रो चरणको उत्पादन दिइराखेको ड्रागन फ्रुटको माग धान्नै नसक्ने अवस्थामा रहेको आचार्यको भनाइ छ ।
उनले रामरेखास्थित तीन रोपनी जग्गामा समेत ड्रागन फ्रुटको खेती गरेका छन् । दुई ठाउँ गरेर आठ रोपनी जग्गामा गरिएको खेतीबाट दोस्रो चरणको उत्पादन राम्रो भइरहेको उनले बताए । आचार्यले जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा बहुगुणी ड्रागन फ्रुटको खेती थालेका छन् । “ड्रागन फ्रुटको विषयमा चासो राख्दै जाँदा लोकेन्द्र विष्टको अन्तर्वार्ता हेरेको थिएँ, त्यहाँबाट प्रभावित भएर आठ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हुँ”, उनले भने, “सुरुमा ठूलो लगानी भए पनि फसल भने लामो समयसम्म लिन सकिने रहेछ ।” ड्रागन फ्रुट खेतीमा हालसम्म रु ५० लाख लगानी भइसकेको उनले सुनाए ।
ड्रागन फ्रुटको विरुवा रोपेको दुई वर्षमै दोस्रो चरणको ड्रागन फ्रुट उत्पादन भइरहेको बताउदै पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट उत्पादन भएकोमा दोस्रो चरणमा चार सय केजी उत्पादन भएको आचार्यको भनाइ छ । उनले एक याममै रु दुई लाखसम्मको बिक्री भएको बताए ।
रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिकखेती जिल्लामै उदाहरणीय बनेको छ । दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि आफू हर्षित भएको उनले सुनाए । अहिले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट घरबाटै बिक्री भइरहेको छ । उनले भने, “ड्रागन फ्रुटको खेतीका लागि मल्चिङ प्रविधि र थोपा सिँचाइको व्यवस्था छ ।” उनले प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिए ।
उनले छ सय सिमेन्टका पोल र टायर खरिद, जग्गा व्यवस्थापन, तारबार, बिरुवा लागि रु ५० लाखभन्दा बढी लगानी गरेको बताए । यो फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिबीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
पुष १५, २०८१ सोमबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार