युरोकप : जर्मनी बाहिरियो, स्पेन सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार ६:४१:५
२२ असार, काठमाडौं । स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक एक गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८९ औ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । त्यसपछि खेलको ११९ औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए ।
यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए । अब स्पेनले सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजयी दशसँग खेल्ने छ । यो हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार