हनुमन्तेको बाढीले नदी किनारका साढे ६ सय डुबानमा
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार ११:४०:४
२२ असार, भक्तपुर । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।
भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।
भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ ।
वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताए ।
जिल्लास्थित विपद् व्यबस्थापन समितिमार्फत सुरक्षा तहदेखि जनस्तरसम्म गाउँगाउँमा खोज तथा उद्धार टोली, आवश्यक राहत सामग्री तयारी अवस्थामा राखिएको उनले बताए । कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिम परेमा वा घटना भएमा तत्काल टोली पुगेर उद्धारमा खटिने उहाँले बताउनुभयो । बाढी पहिरो आउन सक्ने जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भक्तपुरमा बाढी र पहिरोको उच्च जोखिम क्षेत्रको पहिचान गरी तत्काल खोज तथा उद्धारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए ।
भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार