सरकारबाट ६ जना मन्त्री हटाएर विश्वासको मत लिदैछन् मधेशका मुख्यमन्त्री सिंह
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार १२:४०:४४
२२ असार, जनकपुर । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । आज राजीनामा नदिने मन्त्रीलाई उनले हटाउने तयारी गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिने प्रदेशसभा सचिवालयको कार्यसूची छ ।
त्यसअघि उनले मधेश भवनमा आकस्मिक पत्रकार सम्मेलन राखेका छन् । केन्द्रमा सत्ता उलटफेर भएर नेकपा एमाले–नेपाली काँग्रेसको गठबन्धन बनेको छ । जनमत पार्टीका सिंहलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन एमाले र काँग्रेसले उनलाई विश्वासको मत दिने भएका छन् । राजीनामा नदिए मधेश सरकारबाट आज चार दलका ६ मन्त्री हटाउँदै छन् ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई सरकारबाट हटाउन लागेका हुन् । मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीहरुलाई राजीनामा बुझाउन आग्रह गरेका छन् ।
२५ जेठमा जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योगा वाणिज्य तथा पर्यटन मन्त्राल, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।
माओवादीबाट अर्थमा भरत प्रसाद साह, पर्यटनमा समिर भट्टराई, एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि , बेचि लुंगेली श्रम तथा यातायात मन्त्री छन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री विमला अन्सारी र नागरिक उन्मुक्तिबाट श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह चौधरी छन् । उनीहरुलाई मुख्यमन्त्री सिंहलेले फोन गरेर राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार