डीआईजी पोखरेलको बढुवा सिफारिसमा गृहमन्त्रीकै कमजोरी
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार १७:२:५५
२२ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू मातहतका कर्मचारीलाई घर जाने बेलामा अपमान गरेका छन् । १० दिन अघि एआईजीमा सिफारिस गरेर पनि निर्णय नगरी डीआईजी पोषराज पोखरेललाई घर पठाएर रविले अपमान गरेका हुन् । यसअघि नै बढुवा हुनुपर्नेमा अन्याय गरिएको र अवकाशको मुखमा भएपनि बढुवा सिफारिस गरियो तर बिहिबार मन्त्रिपरिषदमा प्रस्ताव नै पेश नगरी बढुवा गर्नबाट रोकियो ।‘ मन्त्रिपरिषदमा प्रस्ताव नै लगिएन, प्रस्ताव लगिएको भए उहाँको बढुवा हुन्थ्यो,’ एक मन्त्रीले भने ‘उहाँलाई घर जाने बेलामा अपमान गरियो ।’
३० वर्षको जागिरे जीवनमा इमानदार भएर काम गरेका डीआईजी पोखरेललाई घर जाने बेलामा एक तह बढुवा नगरी विदा गरिएको छ । बढुवाका लागि सिफारिस भएर बढुवा नभई घर जाने पहिलो डीआईजी सायद पोखरेल नै हुन् । गृहमन्त्री भएको दोस्रो कार्यकालमा आफैले सिफारिस गरेको तर त्यही निर्णयलाई मन्त्रिपरिषदबाट कार्यान्वयन गर्न प्रस्ताव समेत नलगी रविले आफ्नो असफलतालाई उजागर गरिदिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले उमेर हदका कारण अवकाश पाएका हुन् । एआइजीको भएपनि उनले ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाउने थिए । तर सिफारिस भइसक्दा पनि एआइजी नभई घर जानुपर्ने अवस्था सिर्जना भयो ।
गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, बिहिबार साँझ बसेको मन्त्रीपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनले डीआईजीबाटै अवकाश पाएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयले उनको विदाई समेत गरेको छ । ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गर्यो ।
गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा सिफारिस गरेको थियो । उनलाई १९ असारमै बढुवा गर्ने निर्णय गर्नुपर्ने थियो । तर सरकारले वेवास्ता गर्दा उनी विशिष्ट श्रेणी हुनबाट रोकिएर अवकाशको अवस्थामा पुगे । २०७९ वैशाख २३ मा तत्कालीन डीआइजी वसन्त लामालाई पनि अवकाशको मुखमा ३४ घण्टाका लागि बढुवा गरेर विदा गरिएको थियो । लामाको नजिरलाई हेरेर गृहसचिवले उनको बढुवा सिफारिस गरेका थिए । ‘एक प्रकारले भन्ने हो भने उहाँलाई गृहमन्त्रीको नालायकीपनले गर्दा राज्यले नै अपमान गरेको देखियो’, गृहकै एक कर्मचारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार