सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन

नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार १८:४२:३६

२२ असार, काठमाडौं । सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बीच विमोचन गरिएको छ । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरुको हातबाट पुस्तक विमोचन गरिएको हो ।
पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाईका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिका लगायत विश्वका जहाँ रहेपनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए ।
रेग्मीले भने, ‘जननी जन्मभूमीश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन् भन्ने लाग्दछ । शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगेपनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो । रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरू समृद्ध हुन्छन् । ’
कार्यक्रममा पुस्तक विमोचन कार्यक्रमको आयोजक संस्था युएस नेपाल चेम्बर अफ कमर्स अमेरिकाका उपाध्यक्ष, वरिष्ठ पत्रकार एवं एनआरएनए अभियन्ता वेदप्रसाद खरेलले पुस्तकले वास्तविक अमेरिकाको बारेमा जानकारी गराएको बताए । कार्यक्रममा एनआरएनए अभियन्ता बुद्धि सुवेदीले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे ।
सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ति नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरू लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए ।
२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरु, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैया रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार