पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परी ५ जनाको मृत्यु, ७ बेपत्ता
नेपालबहस संवाददाता
असार २२, २०८१ शनिबार २१:१९:२५
२२ असार, काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरामा परी हालसम्म पाँचजनाको मृत्यु भएको छ । अहिलेसम्म सातजना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका गृह मन्त्रालयस्थित विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव विष्णु भुसालले जानकारी दिए । “पहिरामा परी काठमाडौँ नागार्जुनमा एक, स्याङ्जामा दुई तथा पर्वतमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता र १४ घाइते भएका छन् ”, उनले भने ।
यसैगरी, बाढीपहिराका कारण बेपत्ता हुनेहरुमा तनहुँमा तीन, स्याङ्जामा एक, दाङमा एक, दोलखामा एकजना रहेका तथा घाइते हुनेहरूमा जाजरकोटमा एक, स्याङ्जामा सात, तनहुँ चार, ओखलढुङ्गा दुईजना रहेका सहसचिव भुसालले बताए ।
यसैगरी काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै प्रहरीले गस्ती गरिरहेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।
उनले भने, “यहाँका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ । सावधानी अपनाउन आग्रह गर्दछौँ ।” काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार