मधेश प्रदेशमा एचआईभी संक्रमित चार हजार भन्दा बढी
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार १३:४१:२०
२३ असार, जनकपुर । मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी संक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रले जानकारी दिए ।
उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताए । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राखे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्र नारायण साह रहेको थियो । मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार