बेनीका विद्यार्थी सङ्ख्या कम भएका ७ विद्यालयको कक्षा घटुवा
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ७:१२:२०
२४ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए ।
“सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रुपमा लिएका छौँ”, उनले भने, “कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) भएको थियो ।”
कक्षा ४ सम्मको पढाइ हुने चेतना आधारभूत विद्यालयमा कक्षा १ सम्म झारेर एक जना शिक्षकलाई बेनी सामुदायिक माविमा व्यवस्थापन गरिएको छ । बेनपा–९ को पद्यमबराह आधारभूतलाई १–५ बाट कक्षा १ सम्म झारेर त्यहाँका शिक्षकलाई बराह आधारभूतमा पठाइएको छ ।
१–५ बाट १–३ मा झारिएको ढोलथान आधारभूतका दुई जना शिक्षकको दरबन्दी भने सोही विद्यालयमा कायम गरिएको छ । १–८ बाट १–५ कक्षामा झरेको बेनपा–२ को हंशबाहिनी आधारभूत विद्यालयका एक जना शिक्षकलाई बालमन्दिर र एक जनालाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको शिक्षा उपसचिव पौडेलले बताए ।
१–५ बाट १–३ मा झारिएको गणेश आधारभूत विद्यालय बेनपा–५ का दुई जना शिक्षकलाई प्रकाश मावि र सरस्वती मावि तातोपानीमा व्यवस्थापन गरिएको छ । १–५ बाट १–३ मा झारिएको जगन्नाध आधारभूत विद्यालयमा दुई जनामा शिक्षक राखिएको छ । १–५ बाट १–३ मा झरेको बेनपा–४ थामडाँडाको भृकुटी आधारभूतका एक जना शिक्षकलाई भूमे आधारभूतमा स्थानान्तरण गरिएको छ । अर्का एक जना शिक्षक अनिवार्य अवकाश लिने तयारीमा भएकाले सोही विद्यालयमा राखिएको छ ।
समायोजन भएका विद्यालयका विद्यालयका विद्यार्थीलाई नजिकैको अर्को विद्यालयमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको र नजिकै अर्को विद्यालय नभएका ठाउँका बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर कक्षा समायोजन नगरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार