फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ९:१:५९
२४ असार, काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।
वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो । एक साताअघि पहिलो चरणमा चरम दक्षिणपन्थी नेशनल र्याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) सबैभन्दा बढी मत ल्याउँदै अगाडि रहेको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन । अबको प्रधानमन्त्री को हुन् भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।
अहिलेसम्मको परिणाम अनुसार ५७७ सदस्यीय फ्रान्सको तल्लो सदनमा बामपन्थी गठबन्धनले १८२ सिट जितेको छ भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलायन्सले १६८ सिट जितेको छ । त्यस्तै नेशनल र्यालीले १४३ सिट जितेको फ्रान्सका मिडियाले उल्लेख गरेका छन् ।
यस सम्भावित ठूलो अप्ठ्यारोको कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्यालीको विरुद्धमा मतदाताहरूबीच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए । फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् ।
मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्याली गरिरहेका छन्। नेशनल र्यालीका नेता जोर्डन बर्डेलाले 'बेइमानहरूको गठबन्धन' ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुई गम्भिर
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
मंसिर ३०, २०८१ आइतबार