रोनाल्डोले किन लिदैनन् सन्यास ?
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:१:४९
२४ असार, काठमाडौं । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ ।
रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन भन्ने कौतुहलता उनका करोडौं फ्यानहरुमा उठिरहेको छ ।
यसैबीच चेल्सीका पुर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबि गरेका छन् । गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबि गरेका हुन् ।
क्रिस्टियानो जुनियर अहिले १४ वर्षका छन् र उनी राम्रो फुटबल खेल्दछन । उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन् । मुटुले भनेका छन्- 'रोनाल्डोको यहि असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक असिफियल खेल खेल्न चाहन्छन् । र यो अल नासरमा सम्भव हुन सक्छ । अथवा अन्य टिममा । र मलाई लाग्छ यो असम्भव छैन ।'
३९ बर्षिय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन्, निश्चित रहेको छैन । पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार