विमानस्थलको अनियमितता अनुगमन गर्न पोखरा पुग्यो संसदीय उपसमिति
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:६:४९
२४ असार, पोखरा । पोखरा विमानस्थलको अनुगमन गर्न संसदीय उपसमिति पोखरा पुगेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । सोबारे अनुसन्धान गर्न टोली गएको हो ।
असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन भएको थियो । उपसमिति फाइलहरू अध्ययन गर्ने र स्थलगत अध्ययन गर्ने क्रममा पोखरा पुगेको हो । समितिले स्थलगत अध्ययनका साथै पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।
संसदीय उपसमितिमा संयोजक लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार