फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:१६:३७
२४ असार, काठमाडौं। फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।
हालै चार युरोपेली देश स्पेन, नर्वे, आयरल्याण्ड र स्लोभेनियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन्।आइतबार भएको दोस्रो र अन्तिम चरणको निर्वाचनमा नयाँ पपुलर फ्रन्टले १८२ सिटमा अग्रता लिएको छ र आगामी सरकारमा ठूलो भूमिका खेल्ने भएको छ । मेलेन्चोनले आगामी प्रधानमन्त्री नयाँ पपुलर फ्रन्टबाट हुने बताए ।
एक साताअघि भएको पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी दल नेशनल र्याली बहुमततर्फ अघि बढेपनि गत आइतबार भएको दोस्रो र अन्तिम चरणमा भने तेस्रो स्थानमा झरेको थियो ।
राष्ट्रपति म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा आयो । फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ । उता वामपन्थी समर्थकहरुले आइतबार रातिदेखि पेरिसको सडकमा ठूलो संख्यामा विजयी जुलुस निकालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुई गम्भिर
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
मंसिर ३०, २०८१ आइतबार