बागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:२१:१
२४ असार, हेटौंडा । बागमती सरकारबाट नेकपा एमाले बाहिरिएको छ । माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले मन्त्रीहरुले राजीनामा बुझाएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए । बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीको पहलमा छन् । लामा यसअघिको सरकारमा एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् । यस्तै अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने जनाएका छन् ।
आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि उनले प्रदेशसभालाई जानकारी गराएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार