एक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:४६:१५
२४ असार, काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एक जना डीआईजीको पद रिक्त भएको छ । आईजीपी वसन्त कुँवरका ब्याची एआईजी उमेशराज जोशी र एआईजीमा सिफारिस डीआईजी पोषराज पोखरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि दुई पद रिक्त भएको हो ।
उमेशराज जोशी असार १९ एआईजीबाट र पोखरेल २१ बाट अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुको अवकाशपछि एक एआईजीका लागि दर्जन डीआईजीहरू प्रतिस्पर्धामा रहेका छन् । अहिले भरतबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी प्रतिस्पर्धामा छन् ।
प्रहरी महानिरीक्षकका ब्याचीहरुकै एआईजीमा प्रतिस्पर्धा रहेको छ । भदौमा घर जाने केसीलाई एआईजी बनाउनुपर्ने एकथरीको मत रहेको छ भने अर्को थरी शेरबहादुर देउवाको पूर्व सुरक्षा गार्ड रहेका बोहोरालाई बनाउनुपर्ने मत रहेको छ । साथै गुरुङ र कडायत पनि एआईजीका बलिया दाबेदार हुन । अर्कातर्फ रामदत्त जोशीले भए भरको शक्ति परिचालन गरिरहेका छन् । किरण राणा र दुर्गा सिंहले पनि महिला एआईजी मिरा चौधरी अवकाश पाइसकेकाले आफूहरूको दावी रहेको बताउँदै आएका छन् ।
सरकारले सुरुमा रिक्त एआईजीमा यी डीआईजीहरू मध्येबाट बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ । एआईजीमा हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन् । चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए ।
एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे । २०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने । उनी आगामी मंसिर २५ गते अनिवार्य अवकाशमा जानेछन् । उनकी पत्नी दुर्गा सिंहले एआईजी दावी गरिरहँदा उनी भने एसएसपीमै रहेका छन् । यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकाशमा जादैछन् । २६ भदौमा एआईजी श्याम ज्ञवालीले अवकाश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार