मनकामना केबलकार केही समयका लागी बन्द हुने
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार ११:५१:१३
२४ असार, काठमाडाैं । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केबलकार केही समयका लागी बन्द हुने भएको छ । विभिन्न प्राविधिक समस्याहरूको समाधानको लागि केही दिन केबलकार बन्द गर्न लागिएको हो ।
२६ वर्ष अगाडि जडित प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको हो ।
‘हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि.सि.करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायर को डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसि करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ ।’ कम्पनीले भनेको छ ।
त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३ हजार २ सय मिटरको हुनेछ र मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ । त्यसको लम्बाई करीव ६ हजार ५सय मिटरको हुनेछ । केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रीपहरु हरू, जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको छ ।
डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने
असोज १९, २०८१ शनिबार
आन्तरिक हवाई उडानतर्फ टिकटको अत्यधिक चाप, विमानस्थलको टर्मिनलमा यात्रुको थेगिनसक्नु भीड
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रकाशमानसिंह राउत सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त
असोज २०, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो
असोज २०, २०८१ आइतबार
काठमाडौं महानगरको बजार अनुगमन, कर्मकाण्डी
असोज २०, २०८१ आइतबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
दाङको डाँडापातुवामा घरभित्र छिर्यो माइक्रो, ६ जना घाइते
असोज २०, २०८१ आइतबार