जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १२:५२:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/jayprithivi_k1VZ0W4RTP_0M96pftLOH.jpg)
२४ असार, बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गए रातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिए । यसअघि असार २३ गते बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो । यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गए रातिदेखि सञ्चालन भएको थियो ।
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेको छ । “अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ”, उनले भने, “सुरक्षामा खटिएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले बनिसक्छ बबरमहलमा भासिएको सडक ?
फागुन ३, २०८१ शनिबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार