एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १३:३२:२२
२४ असार, काठमाडौं । सत्ता सहकार्य गर्ने सहमति गर्दा नेकपा एमालेले प्रधानमन्त्रीसहित अर्थ र नेपाली कांग्रेसले गृह मन्त्रालयसहित अरु लिएर सरकार बनाउने सहमति भएको भनिए पनि अहिले आएर यी मन्त्रालय अदलबदल हुने परिस्थिति बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा गृह मन्त्रालय लिन नहुने मत कांग्रेसमा देखिएको छ ।
ओली प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेपछि गृह मन्त्रालय लिएको कांग्रेसले प्रहरी संगठन र मन्त्रालय मातहतका क्षेत्रमा गर्नुपर्ने काम गर्न नसक्ने भन्दै गृहको सट्टा अर्थ मन्त्रालय लिन नेताहरूले सभापति देउवालाई सुझाव दिएका छन् । ओलीको निर्देशन अनुसार चल्नुपर्दा कांग्रेसले प्रहरीका एसएसपी, डीआईजी, एआईजी र आईजीपीसम्म नै भने अनुसार गर्न नसक्ने तर्क उनीहरुको छ ।
भ्रष्टाचारका कतिपय विषयमा पनि भोलि कुरा नमिल्न सक्छ । प्रहरीमै कुरा मिल्दैन । प्रधानमन्त्रीको एउटा चाहना हुनसक्छ । त्यसको दोष कांग्रेसले लिनुपर्छ । यही कारण सत्ता सहयात्रामा असमझदारी पैदा भएर सरकार लामो समयसम्म नजान सक्ने सम्भावना भएकाले सभापति देउवालाई गृहको सट्टा अर्थ मन्त्रालय लिन सुझाव दिइएको कांग्रेसका एक नेताले नेपालबहसलाई बताए ।
उता, एमालेमा पनि अर्थमन्त्री कसलाई बनाउने भन्ने समस्या परेको छ । विष्णु पौडेललाई अर्थमन्त्री बनाउँदा उपप्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । उपप्रधानमन्त्री नराख्ने दुई दलमा सहमति भएको बताइएको छ । एमालेको एउटा पंक्ति पौडेललाई सरकारमा पठाउन नहुने पक्षमा छ । ओलीले पनि विगतमा जस्तो पौडेललाई प्राथमिकता दिएका छैनन् । कांग्रेससँग सहमति गर्ने काम पनि महासचिव शंकर पोखरेलले गरेका थिए । अन्त्यमा पार्टी भित्र विवाद आउने देखेपछि ओलीले अन्तिममा हस्ताक्षर गर्न भने पौडेललाई पठाएका हुन् ।
सरकार बनाउने सहमति पत्र बनाउने काम भने कांग्रेसबाट रमेश लेखक र एमालेबाट शंकर पोखरेलले गरेका थिए । पोखरेल सांसद नभएकाले मन्त्री बन्न पाउने छैनन् । नत्र उनै अर्थमन्त्री बन्ने थिए । उपप्रधानमन्त्रीको कारण देखाएर पौडेललाई रोकेपछि एमालेबाट पदम गिरी र योगेश भट्टराईमध्ये एक जनालाई अर्थमन्त्री बनाउनुपर्ने अवस्था छ । उनीहरू दुवै अर्थमा नयाँ हुन् । शंकर पोखरेलले भट्टराईलाई च्यापे भने गिरी नभएर उनी नै अर्थमन्त्री बन्न सक्छन् । तर, ओलीले भट्टराईमाथि विश्वास गरिसकेको अवस्था छैन ।
उनीहरु बाहेक एमालेमा अर्थ मन्त्रालय चलाउने खालको सांसद भेटिएको छैन । अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा अर्थ बुझेको मान्छे पठाउनुपर्ने आवश्यकता छ । कांग्रेसले गृह मन्त्रालय लिएर भने अनुसार काम गर्न नसक्ने र पछि यसैका कारण समीकरणमा खटपट आउने तथा एमालेमा पौडेलबाहेक अर्थमन्त्री बनाउने खालको मान्छ नभएकाले यी मन्त्रालय सट्टापट्टा हुने सम्भावना देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार