हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १५:२०:८

२४ असार, काठमाडौं । बलिउड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।
फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्यापी कमाइको आँकडा पनि तीब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाइको अपडेट सेयर गरेका छन् ।
नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भारत स्तरमा रिलिज भएको छ । केवल ११ दिनमा फिल्मले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।
निर्माण पक्षले फिल्मको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, 'जादुई माइलस्टोनतर्फ अघि बढ्दै। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी' को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।
फिल्म कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो । यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाइको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।
फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन 'प्लेब्वाई' मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका
माघ ३०, २०८१ बुधबार
'सनम तेरी कसम’को पुनः रिलिजको ४ दिनमै दोब्बर कमाई
माघ ३०, २०८१ बुधबार
जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै
माघ २९, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार