चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १६:५९:४४
२४ असार, काठमाडौं । शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो । सन् २००१ देखि म्युजिक भिडियो र वृत्तचित्र सम्पादन एवं निर्देशन गर्दै आएका निर्देशक कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ रहेको उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।
निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए । “सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रशङ्गलाई चर्चा गरिएको छ”, उनले भने ।
एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीले गरेको छ । राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ भने सङ्गीत निर्मातामा रिकेश गुरुङ छन् ।
किरण थापाले कोरियोग्राफी गर्नुभएको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठको कलात्मक अभिनय हेर्न सकिन्छ । गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेको छ । अभिनेता श्रेष्ठको अभिनयमा यो पहिलो अनुभव हो ।
“कलासहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनीमार्फत सुरु गरेको छु”, अमरले भने, “आमदर्शकको चाहना अनुसारको अनिनयसहित कथा प्रस्तुत गरेका छौँ ।”
अभिनेत्री शिवाकोटीले चलचित्र हेरिरहँदा आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै चलचित्रबाट आफूले निकै आशा बोकेको बताए । “चलचित्रमा नयाँ साथीहरुले प्रस्तुति दिएकाले पनि यसको कथा सशक्त बनेको छ”, उनले भने, “चलचित्र हेरिरहँदा आफ्नै कथा हेरि रहेजस्तो लाग्छ ।”
अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए । आजको कार्यक्रममा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्यलगायत कलाकारको उपस्थिति थियो ।
चलचित्रमा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक
असोज १८, २०८१ शुक्रबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
सिड्नीमा गुञ्जिँए रामकृष्ण
असोज १३, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार