फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार १४:२४:२
काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ ।
जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५।५ अर्ब डलर पुगेको छ ।
जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयरमा ठुलै गिरावट आएको थियो । यसले गर्दा जुकरबर्गको सम्पत्तिमा २०१८ मा जुकरबर्गको सम्पत्तिमा २० अर्ब डलरको कमी आएको थियो ।
बिलिनियर सूचीमा समावेश ५ सय धनीमा जुकरबर्गलाई यो वर्ष सर्वाधिक फाइदा भएको थियो । फ्रान्सका बर्नाड आरनउल्टको सम्पत्तिमा २१।७ अर्ब डलरले वृद्धि भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार