श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १७:४८:५९
२४ असार, काठमाडौं । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षक बनाएको जानकारी दिएको हो ।
श्रीलंका क्रिकेट टिमको टी-२० विश्वकपमा खराब प्रदर्शनपछि तत्कालीन प्रशिक्षक क्रिस सिल्भरवूडले राजीनामा दिएपछि प्रशिक्षक पद खालि थियो ।
अब जयसूर्याले भारतविरुद्धको घरेलु सिरिज र सेप्टेम्बरमा हुने ईङल्याण्ड टूरसम्मका लागि प्रशिक्षकको भूमिका निभाउने बोर्डले जानकारी दिएको छ ।
जयसूर्या श्रीलंकाका सफल क्रिकेटर मध्ये एक हुन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् भने ३२३ विकेट समेत लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार