बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १८:३३:२९
२४ असार, ढाका । बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गरेकी छन् । हसिनाको चीन भ्रमणले बङ्गलादेश र चीनबिचको ‘रणनीतिक साझेदारी’ लाई ‘व्यापक रणनीतिक समन्वयात्मक साझेदारी’ मा उकास्ने विश्वास गरिएको ढाका ट्रिब्यूनले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर २०१६ मा बङ्गलादेशको भ्रमण गरेका थिए । जसमा दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरेका थिए भने शेख हसिनाले अन्तिम पटक जुलाई २०१९ मा बेइजिङ भ्रमण गरेकी थिइन् । बङ्गगलादेशको दैनिक समाचारपत्र ‘द डेली स्टार’का अनुसार हसिना र उनको टोलीलाई लिएर विमान बङ्गलादेश एयरलाइन्सको विशेष उडान सोमबार बिहान ११ः०५ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो ।
चीन भ्रमणको क्रममा हसिनाले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली किआङसँग छुट्टाछुट्टै बैठक गर्नेछिन भने दुई देशबिच व्यापार, व्यापार र लगानीका अवसरसम्बन्धी शिखर सम्मेलनमा भाग लिनेछिन् । ढाका र बेइजिङले २० वटा वा सोभन्दा बढी एमओयूमा हस्ताक्षर गर्ने र दुई पक्षबिचको द्विपक्षीय बैठकपछि केही विकास परियोजनाको उद्घाटन गर्ने सम्भावना रहेको डेली स्टारले जनाएको छ । बङ्गलादेशले लगानी र व्यापार, आर्थिक सहायता र रोहिङ्ग्याहरूलाई उनीहरूको मातृभूमिमा फिर्ता गर्ने क्षेत्रमा चीनको सहयोग माग्ने योजना तय भएको, विदेश मन्त्री हसन महमुदले पत्रकार सम्मेलनमा जानकारी गराए ।
हसिनाको चीन भ्रमण अघि ढाकामा एक कार्यक्रमलाई सम्बोधन गर्दै अवामी लिगका महासचिव ओबैदुल कादरले भारतलाई बङ्गलादेशको राजनीतिक मित्र र चीनलाई यसको विकास साझेदारका रूपमा वर्णन गरेका थिए । चीनले बङ्गलदेशको धेरै क्षेत्रहरूको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताउदै देशको समग्र प्रगतिको लागि चीनबाट समर्थन स्वीकार नगर्ने कादरलाई उद्धृत गरी द डेली स्टारले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार