मोरङमा चैते धानको उत्पादन बढ्यो
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १९:४७:८
२४ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष पाँच हजार पाँच सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा गत वर्ष एक लाख २३ हजार दुई सय मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख २८ हजार सात सय ६० मेट्रिक टन उत्पादन भएको हो । चैते धानको मूल्यमा गत वर्षदेखि वृद्धि भएपछि यसप्रति किसानको आकर्षण बढेको केन्द्रका प्रमुख रामदेव सिंहले बताए ।
विगत दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६ सय मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो साल एक हजार दुई सयसम्म मूल्य पाइरहेको बेलबारी–७ का धान काँटा व्यवसायी लक्ष्मण चौधरीले जानकारी दिए । अन्नको भण्डार मानिने मोरङमा गत वर्ष २२ हजार हेक्टरमा रोपाइँ भएकोमा यस वर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।
गत वर्षभन्दा यस वर्ष दुई सय हेक्टर बढीमा चैते धान रोपिएको हो । प्रमुख सिंहकानुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् । गत वर्ष मोरङमा प्रतिहेक्टर पाँच दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादनमा वृद्धि भई प्रतिहेक्टर पाँच दशमलव आठ मेट्रिक टन धान उत्पादन भएको समेत कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार