बागलुङमा पहिलाे पटक भेटियो कालाजार
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार २२:१४:३६
२४ असार, बागलुङ । बागलुङमा पहिरोपटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो । परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । उक्त सङ्क्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छभने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । “विभिन्न नयाँ तथा पुराना रोग तथा सङ्क्रमणहरुको खोजपडतालअन्तर्गत ढोरपाटनका एक वृद्धमा उच्च ज्वरो देखिएपछि थप उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी लुम्बीनी मेडिकल कलेज पु¥याउदा कालाजार सङ्क्रमण पुष्टि भएको हो”, प्रमुख आचार्यले भने, “उक्त स्थानमा तत्कालै स्वास्थ्यकर्मी पु¥याएर उहाँसहित ४१ जनाको नमूना सर्वेक्षण गरिएको थियो ।”
आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गरिनेछ । कालाजार पुष्टि भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको पाइएको कार्यालयका मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिए । कालाजार देखिएपछि १४ दिनभन्दा बढी उच्च ज्वरो आउनु, तौल घट्नु र शारीरिक रुपमा कमजोरी देखिने जस्ता लक्षण देखिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार