भारतको जम्मु कश्मीरमा भिडन्त, पाँच सैनिकको मृत्यु
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १०:१६:३८
२५ असार, काठमाडौं । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ । अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो ।
कश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ । यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदको शाखा मानिन्छ । भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मू क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ। गृह मन्त्रालयमा हालै भएको बैठकपछि पुँछ, राजौरी, रियासी, कठुआमा सक्रिय ३० आतङ्ककारीको सूची बनाइएको छ । आतङ्ककारी र उनीहरूका सहयोगीहरूलाई निर्मूल पार्न शत्रु एजेन्ट ऐनलाई मूल स्वरूपमा लागू गर्ने निर्णय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
महोत्तरीमा बस पल्टिँदा २२ जना घाइते, दुई गम्भिर
मंसिर ३०, २०८१ आइतबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार