सरकारले असार २४ सम्ममा १० खर्ब १५ अर्ब ८२ करोड उठायो राजश्व
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार ११:५६:२५
२५ असार, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा सोमबार असार २४ सम्म १० खर्ब १५ अर्ब ८२ राजश्व संकलन भएको छ । २४ गतेसम्म सरकारले राजस्व तथा गैर राजश्व गरी सो बराबरको सुनिश्चित गरेको हो ।
यो लक्षित राजस्वको ६८.९९ प्रतिशतको हो । समीक्षा अवधिमा राजस्व तर्फबाट ९ खर्ब ८९ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ संकलन गर्न सकेको छ भने गैर राजस्वबाट १ खर्ब १ अर्ब ४३ करोड २६ लाख संकलन गरेको छ ।
यता अनुदानतर्फ भने सरकारले आर्थिक वर्षका लागि राखेको ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँमा जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ (लक्ष्यको ५.५२ प्रतिशत मात्र) लिन सकेको छ ।
यस्तै चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ माथिको भुक्तानी दिएको छ । असार २४ गते राति १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानीमा एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार