असारमा अस्वाभाविक निकासा बढाएर कुल बजेटको ७७.४४ प्रतिशत देखायो सरकारले खर्च
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १२:१६:५५
२५ असार, काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा साढे ७७ प्रतिशत खर्च भएको देखाएको छ । सोमबार रातिसम्म १३ खर्ब ५६ खर्ब रुपैयाँ खर्च भएको हो । चालू खर्च ९ खर्ब ३३ अर्ब छ भने पूँजीगत खर्च १ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । जुन विनियोजित बजेटको करिब ५७ प्रतिशत हो ।
वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएकोमा २ खर्ब ५० अर्ब रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । राजस्व संकलन ६९.५९ प्रतिशत भएको छ । राजस्वतर्फ ८ खर्ब ८८ अर्ब रुपैयाँ संकलन हुँदा गैरकर राजस्व १ खर्ब १ अर्ब रुपैयाँ संकलन भएको छ ।
अनुदान भने २ अर्ब ७५ करोड रुपैयाँ प्राप्त भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । सरकारले अन्य आम्दानीको रुपमा २३ अर्ब ९ करोड प्राप्त गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भुक्तानीको अन्तिम २ दिनमै करिब ५८ अर्ब रुपैयाँ निकासा भएको छ ।
आइतबार सरकारले २४ अर्ब २७ करोड खर्च गरेकोमा सोमबार ३३ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको जनाएको छ । आइतबार १२ अर्ब ५१ करोड वित्तीय व्यवस्थाको लागि खर्च हुँदा चालू खर्चको लागि ८ अर्ब र पुँजीगत खर्चको लागि ३ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ ।
सोमबार १४ अर्ब रुपैयाँ पुँजीगत खर्च हुँदा चालू खर्च ९ अर्ब ८५ करोड र वित्तीय व्यवस्थाका लागि ९ अर्ब ३५ करोड खर्च गरेको छ । असारमा बजेट सक्नका लागि धेरै खर्च देखाइने प्रचलन छ । जेठसम्मका महिनामा सरकारको खासै खर्च हुँदैन । तर, एक महिनामा बजेट हतारमा खर्चिएर सक्ने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार