आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १३:६:१३
२५ असार, काठमाडाैं । हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।
सर्दुखोलामा पानीको सतह १०४।५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो । उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।
धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । “आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,” उनले भने, “बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।”
प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट पारे । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ । “ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, स
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार