ओली नेतृत्वमा बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै गठन हुन्छः शेखर कोइराला
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १७:२६:५
२५ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न गइरहेको नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार नै गठन हुने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको सरकार धारा ७६ को ३ जाने अवस्था नरहेको बताए ।
कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले अहिले आएर सार्थकता पाएको बताए । उनले मिडियाहरूमा संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने कुरा आइरहेको भन्दै उनले यसमा अलमल हुने काम नरहेको र अब बन्ने सरकार ७६ (२) कै सरकार हुने दावी गरे ।
कांग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौं र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ । उहाँलाई संविधानले दिएको अधिकार हो, उनले भने ‘मैले त सात आठ महिनाअघि देखिनै कांग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ । देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ । यसलाई रोक्नुपर्छ ।’
मिडियाहरू संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने अलमल देखिएको भन्दै उनले यसमा अलमल हुने ठाउँ नभएको बताए । अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार