संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १९:८:३५

२५ असार, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।
मंगलबार समितिले सहकारी विभागका पूर्व रजिष्ट्रारदेखि हालका रजिष्ट्रारसँग सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए ।
त्यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूको भनाइ थियो । सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको बैठकमा छलफल गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहारा चितवन सहकारी ठगी प्रकरणः अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी
माघ २४, २०८१ बिहिबार
साहारा चितवन सहकारी ठगी प्रकरणः चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
माघ २४, २०८१ बिहिबार
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार