बाँकेमा धान रोप्ने क्रममा चट्याङ लाग्दा २ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार २१:३४:३०
२५ असार, बाँके । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् ।
गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान : कामपा
पुष १, २०८१ सोमबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार