क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार ७:४९:२५
२६ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो । अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार