युरोकपको सेमिफाइनलमा नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १२:१५:०
२६ असार, काठमाडौं । युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः ४५ बजेदेखि शरू हुदै छ ।
नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।
त्यस्तै इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।
नेदरल्याण्डस र ईङल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन् । जसमा ईङल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्डसले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् । जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ ।
स्टार खेलाडीहरुले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन । ईङल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्डसका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार