मन्त्रीका लागि सबै कोणबाट सक्षम आरजुमाथि किन उठिरहेका छन् प्रश्न ?
केदार भट्टराई (काका)
असार २६, २०८१ बुधबार १४:१९:२२
२६ असार, काठमाडौं । पार्टीको सांसद पदले भन्दा पार्टी सभापति शेरबहादुर देउवा पत्नीका हिसाबले बढी परिचित आरजु राणा देउवा यतिबेला मन्त्री बन्ने कुराले चर्चामा छिन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर नयाँ सरकार बन्ने अवस्था आएपछि आरजुको नाम चर्चामा छ । आरजु भाउजू मन्त्री पक्का भन्ने कांग्रेस कार्यकताहरुको लर्को नै छ । अरूले चर्चा गरेकै आधारमा भन्ने हो भने उनी परराष्ट्रमन्त्री बन्दैछिन् ।
यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ गतेपछि बन्ने नयाँ सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्री छान्ने कसरतमा छन् । एमालेले बुधबारको सचिवालय बैठकबाट मन्त्रीहरूको योग्यता निर्धारण गर्दैछ । कुन मापदण्ड पुगेकालाई मन्त्री बनाउने भन्ने मोटामोटी खाका एमालेले तयार गरिसकेको बताइएको छ ।
कांग्रेसले भने यस्तो मापदण्ड बनाएको छैन । सभापति देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई रिझाउन सक्नेहरू मन्त्रीको लिष्टमा पर्ने सम्भावना धेरै हुन्छ । नयाँ सरकारमा कांग्रेसका तर्फबाट मन्त्री पठाउन सभापति देउवाले नेता शेखर कोइरालासँग २ र महामन्त्री गगन थापासँग एक जनाको नाम मागेको चर्चा पनि छ । नेताहरूका अनुसार देउवाले सुरुमा ७ जना पठाउने र पछि आवश्यकता अनुसार थप्ने बताएका छन् । तर, नयाँ सरकार बनाउने तयारी भइरहेका बेला नेपाली राजनीतिको बजारमा आरजु भाउजूको चर्चा सकारात्मक र नकारात्मक दुवै छ ।
कांग्रेस र एमालेबीच सहमति हुनुपूर्व पनि उनी चर्चामा थिइन् । खासगरी गृहमन्त्री रवि लामिछाने पक्षधरहरुले नक्कली शरणार्थी प्रकरणमा पक्राउ गर्न लागिएको भनेर उनलाई चर्चामा ल्याइएको थियो । यसै बेला यही प्रकरणमा बेचन झा पक्राउ परेपछि चर्चा थप चुलियो । अहिले आरजुलाई जोगाउन यो सत्ता समीकरण बदलिएको भन्ने चर्चा बजारमा चलिरहेको छ । कांग्रेस नेतृ आरजुलाई जोगाएर गिरीबन्धु चियाबगान प्रकरणलाई रोक्न कांग्रेससँग सहमति गरेर ओली प्रधानमन्त्री बन्न लागेको चर्चा यत्र तत्र मात्र हैन सर्वत्र छ ।
कांग्रेसमा व्यक्तिगत हिसाबले हेर्ने हो भने आरजु देउवा मन्त्रीका लागि योग्य र सक्षम महिला हुन् । शिक्षा, अनुभव र कूटनीतिक हिसाबले परराष्ट्र मन्त्रालयका लागि उनी उपयुक्त छन् । सभापतिकी पत्नी भएकाले पाइहाल्छे भन्नेहरू एक हिसाबले लागेका होलान्उ, उनको योग्यतामा खोट लगाउने स्थिति भने छैन । तर, उनका नाममा चलेको अर्को चर्चा मन्त्री बन्ने भन्दा ठूलो र फरक छ । अर्को जुन चर्चाले मुद्दाको रुप लिइरहेको छ, यसले कांग्रेस पार्टी र भावी नेतृत्वमा आउन खोजिरहेकाहरुलाई पनि प्रभावित र अप्ठ्यारो बनाउन सक्नेछ ।
देशका भ्रष्टाचार लगायतका काण्डमा उनलाई जोडेर उछालिएको छ । आरजुलाई सभापति पत्नी भएकै कारण कांग्रेसले जोगाएको हो, यस्तो कांग्रेसका पछि लाग्नुहुँदैन भन्ने भाष्य अहिले टोल टोलमा स्थापित गरिएको छ । अब उनीलाई मन्त्री बनाएर पठाउँदा यस्तो आरोप लागेकालाई छानबिन गर्नुभन्दा कांग्रेसले मन्त्री बनायो भनिनेछ । यो भाष्यले कांग्रेसलाई हानी गर्छ । यही कुरालाई लिएर कांग्रेसका एकथरी नेताहरु आरजु आफैले बुझेर मन्त्री नबने बेस हुने भनिरहेका छन् । सभापति देउवा वरिपरी गरिरहने नेताहरु नै आरजु मन्त्री नबने हुन्थ्यो भनेर भित्रभित्रै भनिरहेका छन् ।
आरजु आफैले पनि यो कुरा बुझिरहेकै छन् । उनीसँग वास्तविक कुरा खुलेर भन्न नसक्नेहरु भाउजूले आफैं बुझेर मन्त्री खान्न भने हुन्थ्यो भन्नेमा छन् । अहिलेको राजनीति र जनभावना बुझेकाहरू पनि यतिबेला आरजु सरकारमा जान हुँदैन भन्ने पक्षमा नै देखिन्छ । तर, कांग्रेसमा तलको तहमा उठिरहेका आवाजलाई हेर्ने र मुल्यांकन गर्ने चलन कम मात्र छ । स्वयंम उनी पनि मौका यही हो भनिरहेकी छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार