विश्वकै पहिलो मिस एआई बनिन् मोरक्कोकी लियाली

नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १४:३५:३२

२६ असार, काठमाडौं । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् ।
केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् ।
इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्स छन् र उनले खाना, संस्कृति, फेसन, सौन्दर्य र यात्रासँग सम्बन्धित पोष्ट गर्ने गर्छिन् । 'मेरो प्रयास मोरक्कोको समृद्ध सम्पदालाई प्रदर्शन गर्ने हो, जसले संस्कृति र प्रविधिको अद्वितीय मिश्रणलाई प्रतिबिम्बित गर्दछ,' केन्जा ल्यालीले जितपछि भनिन् ।
एआई मोडेल केन्जा लाइल आफ्ना फ्यानहरूसँग सात फरक भाषामा जोडिन २४ र ७ उपलब्ध छिन् । केन्जा भन्छिन्, मेरो लक्ष्य महिला सशक्तिकरण, वातावरण संरक्षण र एआई बारे सकारात्मक जागरूकता फैलाउन मेरो ख्याति प्रयोग गर्नु हो ।
केन्जालाई एआई उपकरण प्रयोग गरेर बनाइएको हो, जसले मानव क्षमताहरूलाई पूरक बनाउन डिजाइन गरिएको हो, तिनीहरूलाई प्रतिस्थापन गर्न होइन । उनले आफ्नो उद्देश्य डर हटाउन तथा मानव र एआई बीच स्वीकृति र सहयोग प्रवर्द्धन गर्नु रहेको बताएकी छन् । उनले मोरक्कोका लागि यो अवार्ड जित्न पाउँदा निकै गर्व लागेको पनि बताइन् ।
फिनिक्स एआईका सीईओ बेसाले मोरक्कोलाई गर्वका साथ प्रतिनिधित्व गर्ने अवसर भएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी हुन 'प्लेब्वाई' मा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका
माघ ३०, २०८१ बुधबार
'सनम तेरी कसम’को पुनः रिलिजको ४ दिनमै दोब्बर कमाई
माघ ३०, २०८१ बुधबार
जवान निर्देशकले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै
माघ २९, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार
बुधबार मेलम्ची खानेपानीको पाइप फुटेर जलमग्न भएपछि यस्तो देखियो बबरमहल क्षेत्र
माघ ३०, २०८१ बुधबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार