रवि लामिछाने खराब व्यक्ति हुन, पासपोर्ट र सहकारी प्रकरणमाथि कडा छानबिन हुनुपर्छ: मुकुल ढकाल
रास्वपाको आर्थिक पाटो हेर्ने उपसभापति डीपी अर्यालले पार्टीमा आएको सहयोगले घर चलाउने गरेको आरोप
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १६:४:१५
२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका छन् ।
ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि रास्वपाले पनि छानबिन गर्न सक्नुपर्ने बताएका छन् । ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताए । ढकालले आफूलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दावी गरेका छन् ।
उनले आफूले पार्टीभित्र आर्थिक पारदर्शिता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डीपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् । आफूले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउँदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको उनले सुनाए ।
आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाए । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।
ढकालले आफूलाई प्रचलित कानुन विपरीत कारवाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् । उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिले पनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार