स्वर्ग लान्छु भनेर ओलीले नर्क पुर्याए, धोका दिए: प्रचण्ड
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १६:२५:३३
२६ असार, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएर नर्कमा पुर्याएको बताएका छन् । स्वर्ग पुर्याउँछु भनेपछि कांग्रेस छोडेर एमालेसँग सहकार्य गर्दा ओलीले यो अवस्थामा पुर्याएको उनको भनाइ छ ।
बुधबार सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै ओलीले धोका दिएको बताए । कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर ओलीसँग सहकार्य गरेको बताए ।
ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताए । राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताएका उनले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत फेस गर्ने छन् । माओवादी संसदीय दलको बैठकले पनि विश्वासको मत लिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले एमालेसँग किन सहकार्य गरियो भन्ने विषयमा बैठकमा ब्रिफिङ गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार