अर्थतन्त्रका बाह्य सूचक सकारात्मक, १९ खर्ब ६७ अर्ब माथि पुग्यो विदेशी मुद्राको सञ्चिति
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १७:३९:५६
२६ असार, काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो ।
०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर ०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यो विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्घि भई २१४ अर्ब ४२ करोड कायम भएको छ ।
२०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार