जंगली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार २२:२:२५
२६ असार, अछाम । जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ । तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।
आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक उपाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गरे ।
जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए । अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उनले बताए ।
अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८र७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार