पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार २२:३४:४०
२६ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा आज पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाकी लालमाया विकको ढुङ्गा माटोले बनेको दुई तले घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।
उनका अनुसार सोही वडाको कटौजेमा छ र ठूलोबगरमा सात घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भीमबहादुर राम्जाली, तारा पुजा, कमलबहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष फगामीले बताए । जनप्रतिनिधि, प्रहरी, युवा क्लब, आमा समूहको टोलीले आज दिनभर जोखिममा परेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएका थिए ।
त्यसैगरी रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पनि पहिरोले पुरेको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोले पुर्दा १२ वटा बाख्रा मरेका छन् । पहिरोले वडा नं ४ को सामुदायिक भवन र ढिकीजाँतो घर पूर्ण रुपमा क्षति पुगेको छ ।
पहिरोले लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको छ । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए । भिरालो जमिनमा गुजमुज्ज घर रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
कात्तिक ७, २०८१ बुधबार
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
कात्तिक ७, २०८१ बुधबार
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग
कात्तिक ७, २०८१ बुधबार
चक्रवात दानाको सामनाको लागि पूर्व तयारीमा भारत
कात्तिक ७, २०८१ बुधबार
वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
कात्तिक ७, २०८१ बुधबार
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
कात्तिक ७, २०८१ बुधबार
बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ
कात्तिक ७, २०८१ बुधबार