रुपन्देहीका एसपी थापा चन्दा बाँड्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १२:४२:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/sp_thaha_7L7lEP8lJ4_l31oUtKaNj.png)
२७ असार, काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगर सरकार परिवर्तन भएसँगै चपेटामा परेका छन् । तत्कालीन समयमा नेकपा एसका नेताहरूलाई महाधिवेशन खर्चवापत चन्दा दिए लगत्तै सरकार परिवर्तन हुँदा उनी समस्या परेका हुन् ।
नेकपा एसका नेताहरूसँग नजिक रहेका एसपी थापा मगरले रुपन्देही पठाएर गुण लगाएको भन्दै चन्दा दिएको खुलेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय एकातर्फ डीआईजी अञ्जनीकुमार पोखरेललाई राजनीतिक दलका नेताहरु भेटघाट गरेको भन्दै स्पष्टीकरण सोधिरहेका बेला थापा भने रुपन्देहीबाट तालिमको नाममा काठमाडौं आएको बखत नेकपा एसका एक पदाधिकारी तहका नेतालाई महाधिवेशन खर्च भन्दै ठूलै रकम बुझाएर गएको स्रोतले जनाएको छ । उनको लमजुङ, गुल्मी,सिन्धुलीतिरका नेकपा एसका नेता र माओवादी नेताहरूसँग राम्रो उठबस रहेको छ ।
थापा तिनै व्यक्ति हुन जसले भ्रष्टाचारीलाई जोगाउन गलत रिपोर्ट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । ०७२ साल माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ९ जना सशस्त्रका अधिकारी विरुद्ध मुद्दा दायर गरेको थियो । सामान ढुवानी नै नगरी नक्कली बिल भर्पाइ बनाएर भ्रष्टाचार गरेको वन्तसहितका अधिकारीमाथि अख्तियारले आरोप लगाएको थियो ।
उनीहरुमाथि ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँको भ्रष्टाचार गरेका अभियोग थियो । वन्तसहित तत्कालीन डीआईजी अरविन्द धिताल, एसपी जगत नारायण श्रेष्ठ, डीएसपी आनन्द थापा मगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापा, नायव निरीक्षकहरू निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारी विरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरुले सदा ज्योती र अदिति ट्रान्सपोर्टसँगको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।
त्यही आरोपबाट बल्लतल्ल सफाई पाएका थापाले यसपटक नेकपा एसका एक नेताको ठूलै सोर्समा रुपन्देहीको कमाण्ड गर्न पाएका थिए । त्यसको बदलामा लाखौं रुपैयाँ चन्दा दिएको स्रोतको दावी छ । जिल्ला कमाण्ड गर्न गएको चार महिना भएको छैन, पार्टीलाई चन्दा दिने पैसा कहाँबाट आयो भन्ने आशंका उत्पन्न भएको भन्दै उनको विषयमा सशस्त्र मुख्यालयले ‘रेड जोन’मा राखेर अनुगमन गरिरहेको छ ।
शक्तिकै चाकडी गरेर २०७९ मा प्रबल जनसेवा श्री पदक पाउँदा विभागमा भ्रष्टाचारीलाई पुरस्कृत गरेको भन्दै नेतृत्वको आलोचना भएको थियो । अहिले रुपन्देहीको इन्चार्ज भएको चार महिना पूरा भएको छ । उनी त्यहाँ गएदेखि नै लाइन चलाएर बसेको स्रोतले जनाएको छ । स–साना सामानहरू बरामद गर्ने तर भन्सार छलेर काठमाडौं आउने ठूला ट्रकलाई राती १२ देखि ४ बजेसम्मको समयमा छाडिदिने गरेका छन् । ‘एसपी आफै बसेर छाड्ने गरेका छन्, राती अनुगमनको नाममा बाहिर हुन्छन् दिनभरी सुत्ने गरेका छन्’, रुपन्देहीकै एक सशस्त्र प्रहरी कर्मचारीले भने । उनले आफूलाई आईजीपीको खास मान्छे भनेर पनि चिनाउने गरेका छन् ।
भन्सार छलेर आएका धेरैजसो सामान नेपाल प्रहरीले बरामद गरेपछि पनि उनको कमाण्डमाथि प्रश्न उठिरहेको छ । डीआईजी गणेश ठाडा मगरसँग राम्रो सम्बन्ध रहेका कारण पनि उनी अहिलेसम्म जोगिँदै आएका छन् । गणेश ठाडा मगरले माओवादी नेताहरूसँग राम्रोसँग उठबस गराएका थिए । साथै उनी विभागमा उनी एसएसपी होम ज्ञवालीसँग पनि निकट रहेका छन् । एसएसपी ज्ञवाली लामो समयदेखि विभागमा आर्थिक मामिलामा चासो राख्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा दुई डीआईजीमा लागि ६ एससएपी प्रतिस्पर्धी
साउन १०, २०८१ बिहिबार
नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार
असार २३, २०८१ आइतबार
रास्वपाका निलम्बित महामन्त्री ढकालको अपील, रवि क्लबबाट पार्टीलाई बाहिर ल्याउन पहल गरौँ
साउन १८, २०८१ शुक्रबार
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल
साउन १८, २०८१ शुक्रबार
मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
साउन १८, २०८१ शुक्रबार
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
साउन १८, २०८१ शुक्रबार
नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ
साउन १८, २०८१ शुक्रबार