नगरपालिकाद्वारा ‘मेयर छात्रवृत्ति’ वितरण
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार ११:१२:३३
२७ असार, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ ।
नगरको नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो । तोकिएको कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ‘नगरका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि–२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको छ । उक्त कार्यक्रममार्फत अध्ययनरत तह अवधिभर लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले उपलब्ध गराउने विद्यार्थीसँग प्रतिवद्धता सम्झौता गरिएको छ ।
“नगरले उपलब्ध गराएको छात्रवृत्तिले विद्यार्थीलाई शुल्क तिर्नुपर्ने आर्थिक दायित्व हट्दै अध्ययनमा हौसला मिलेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “उत्पादित जनशक्तिले एक वर्ष पालिकामा नै सेवा गर्नुपर्ने सर्तले पालिकाले आफ्नै लगानीमा उत्पादित जनशक्ति प्राप्त गर्नेछ । विद्यार्थीलाई अध्ययन पश्चात् रोजगारको सुनिश्चित भएको छ ।”
छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीले तीन वर्षे डिप्लो तहको अध्ययन विदुर–१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट गरिरहेका छन् । उक्त शिक्षालयमा अध्ययनको लागि लाग्ने सम्पूर्ण शुल्क सरह हुन आउने रकम नगरपालिकाले छात्रवृत्तिमार्फत उपलब्ध गराएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिए ।
उनको अनुसार यो शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका छ जना विद्यार्थीलाई दोस्रो र तेस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ३० हजार र दोस्रो ब्याजका नौ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ७८ हजार प्रदान गरिएको छ ।
“जेहेन्दार तथा गरिब विद्यार्थीलाई शिक्षा प्रदान गर्न र त्यसमा पनि प्राविधिक शिक्षामा पहुँच बढाउन उक्त कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उपप्रमुख बोगटीले भने, “नगरपालिकाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन पूरा गरेपछि नगरपालिकाले खटाएको स्थानमा पाँचौ तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने प्रतिवद्ध गरिएको हुँदा पालिकाले दक्ष जनशक्ति पाउने छ ।”
विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीन वर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक, इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । तोकिएको कार्यविधिअनुसार उच्च प्राविधिक शिक्षा अध्ययनको लागि भने छात्रवृत्ति माग नआएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्र वर्षपछि पानी पलाएपछि स्थानीयवासी हर्षित
माघ १७, २०८१ बिहिबार
बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार