जाँदाजाँदै प्रधानमन्त्री र अर्थमन्त्रीको सरकारी खर्चमा मनपरी
हिजोसम्मको खर्च १३ खर्ब साढे ५७ अर्बः २६ दिनमा १ खर्ब सवा ७६ अर्ब सकियो, ११ दिनमा ३० अर्ब रकमान्तर
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार ११:४२:१
२७ असार, काठमाडौं । अल्पमतमा परेको सरकारले घर जाने बेलामा सरकारी खर्चको व्यापक दुरुपयोग गरेको पाइएको छ । गएको असार १७ यता प्राय सबै मन्त्रालयमा यो बेथिति देखिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्चको मितव्ययितामा प्रधानमन्त्री र अर्थमन्त्री सचेत हुनुपर्नेमा आफ्नै हात जगन्नाथ भन्ने हिसाबले सरकारी कोषको रकम निकासा गरिएको छ ।
असार १७ गते यता आएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा अर्थमन्त्री वर्षमान पुनले ३० अर्बभन्दा बढी रकम रकमान्तर गराएका छन् । २६ दिनमा सरकारी ढुकुटीमा भएको रकम सक्नै पर्ने रणनीति लिइएको छ । अर्थ मन्त्रालयका कर्मचारीले दिएको जानकारी अनुसार सरकारले धेरै रकम खर्च गर्यो भनेर देखाउनकै लागि मनपरी रकमान्तर र निकास गरिएको छ ।
सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत रकमान्तर र ठूलो रकम खर्च गर्ने बेथितिले यो पटक थप प्रश्रय पाएको छ । प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले अब यो मौका आउँदैन भन्ने गरी काम गरेको देखिन्छ । सरकारले असारको २६ दिनमा मात्र पौने २ खर्ब रुपैयाँ खर्च गरेको छ भने १० दिनमै १ खर्ब २५ अर्बभन्दा बढी रकम खर्च देखाइएको छ ।
असार २६ गतेसम्म संघीय सरकारको कुल खर्च १३ खर्ब ५७ अर्ब ५२ करोड रुपैयाँ भएको देखिन्छ । यसको करिब १३ प्रतिशत अर्थात् १ खर्ब ७६ अर्ब २२ करोड रुपैयाँ असारको २६ दिनमा सकिएको छ । विकास बजेट अर्थात् पुँजीगत खर्चको प्रतिशत झन् बढी छ । असार २६ गतेसम्म सरकारले कुल १ खर्ब ७२ अर्ब ६२ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ ।
खर्चमा मात्रै हैन, सरकारी आम्दानी पनि उस्तै छ । चालु आर्थिक वर्षको बुधबारसम्म सरकारले ९ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ७०.२२ प्रतिशत हो । सरकारको संशोधित अनुमानभन्दा करिब साढे २ खर्ब रुपैयाँ कम हो । चालु आर्थिक वर्षमा सुरुमा सरकारले राजस्व संकलन मार्फत १४ खर्ब २२ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य तय गरेको थियो ।
यसअघि बजेटको अर्ध वार्षिक समीक्षामार्फत तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सुरुको राजस्वको लक्ष्य १५ प्रतिशतले घटाएर १२ खर्ब २ अर्ब २९ करोड ६२ लाख रुपैयाँ बनाएका थिए । गत जेठ १५ मा आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष राजस्व संकलन १२ खर्ब ५३ अर्ब ५२ करोड हुने संशोधित अनुमान गरेका थिए ।
यस वर्ष सरकारले कुल १ खर्ब ७२ अर्ब ६२ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ५७.१५ प्रतिशत हो । सोही अवधिमा सरकारको चालु खर्च वार्षिक लक्ष्यको करिब ८२ प्रतिशत अथवा ९ खर्ब ३४ अर्ब ६३ करोड रुपैयाँ छ । यस्तै, यस वर्ष वित्त व्यवस्थापनमा सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा अन्त्यसम्म २ खर्ब ५० अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ८१.४ प्रतिशत मात्र हो ।
यसैगरी, वैदेशिक सहायता तथा अनुदान परिचालनमा यस वर्ष पनि नाजुक अवस्था छ । चालु आर्थिक वर्षमा सरकारले यो शीर्षकमा ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य तय गरेको थियो । तर हालसम्म २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्र अनुदान प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ५.५२ प्रतिशत मात्र हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली ०७७ को नियम ३२ मा बजेट विनियोजन नभएको खर्च शीर्षकमा रकमान्तर गर्न नपाइने भनेपनि सरकारले यसको वेवास्ता गरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार