विश्वासको मत लिनुअघि मन्त्रिपरिषदलाई बाई भन्दै प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १२:५८:१४
२७ असार, काठमाडौं । सम्भवतः आफ्नो नेतृत्वको अन्तिम बैठक हुनसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार ४ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनको मन्त्रिपरिषदबाट एमालेका मन्त्रीहरू बाहिरिसकेका छन् । भोलि शुक्रबार उनले संसदबाट विश्वासको मत लिँदैछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले उनलाई विश्वासको मत नदिने भन्दै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीप नै लगाएका छन् । उनले शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया भोलिबाटै सुरु हुनेछ । आजको बैठकका एजेण्डाबारे केही जानकारी गराइएको छैन । यद्यपि सरकार अल्पमतमा रहेकाले कुनै ठूला निर्णय गर्न नमिल्ने अवस्था पनि छ ।
२०७९ साल पुस ११ गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै शुक्रबार संसदबाट विश्वासको मत लिएपछि उनी बाहिरँदैछन् । अहिलेसम्मको अवस्थामा प्रधानमन्त्रीले यो पटक विश्वासको मत गमाउनेछन् । नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गर्ने समझदारी भएसँगै असार २८ पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
माघ ८, २०८१ मंगलबार
यो सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको हो : उपप्रधानमन्त्री सिंह
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार